Comments Add Comment

सीएमसीले रोक्यो इन्भेस्टमेन्ट बैंकको २ अर्ब भुक्तानी

३ वैशाख, काठमाडौं । तनहुँ जलविद्युत आयोजनाले ठेक्का तोडेपछि इटालियन ठेकेदार कम्पनी कोअपरेटिभा मुराटोरी ई केमेन्टिस्टी (सीएमसी) आफ्नो जफत भएको जमानतबापत बैंकलाई रकम भुक्तानी गर्न नसकिने भन्दै अदालतमा गएको  छ ।

नेपालमा काम गर्ने वातावरण नभएको र आयोजनाले नै आफूमाथि छल गरेकाले आयोजना छाड्नुपर्ने अवस्था आएको भन्दै झण्डै २ अर्ब बराबरको बैंक जमानत बापतको रकम आफूले तिर्न नसक्ने दावी सीएमसीको छ ।

सीएमसीले स्थानीय इन्टेसा सानपओलो बैंकको काउन्टर जमानतमा नेपाल इन्भेष्टमेन्ट बैंकले तनहुँ जनविद्युत आयोजनाका लागि जमानत दिएको थियो । जुन जमानत ठेक्का तोडिएपछि आयोजनाले इन्भेस्टमेन्ट बैंकबाट जफत गरिसकेको छ ।

अब इन्भेस्टमेन्ट बैंकले काउन्टर जमानी दिएको स्थानीय इन्टेसा सानपओलो बैंकसँग जफत भएको बराबरको रकम मागेको थियो ।

तर, सीएमसीले स्थानीय अदालत ‘ट्रिबुनाल डी बोलोग्ना’मा जमानत दिएको इटालियन बैंकले नेपाल इन्भेस्टमेन्ट बैंकलाई रकम भुक्तानी दिन नहुने भन्दै मुद्दा दायर गरेको छ । जसमा तनहुँ हाईड्रपावर कम्पनीलाई पनि विपक्षी बनाइएको छ ।

इटालियन अदालतले मार्च १४ मा प्रराम्भिक सुनुवाई गर्दै तत्काल इन्भेस्टमेन्ट बैंकलाई रकम भुक्तानी नदिन भन्दै अन्तरिम आदेश दिएको नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।

नियमअनुसार इन्भेष्टमेन्ट बैंकले जफत भएको बराबरको रकम इटालियन इन्टेसा सानपओलो बैंकबाट पाउनुपर्ने हो ।

ठेकेदार कम्पनीले आफुलाई काम गर्ने वातावरण नबनाइएको, कम्पनीका प्रतिनिधिको पासर्पोट जफत गरेर असुरक्षित वातावरण सिर्जना गरिएको लगायतका दावी गर्दै इन्टेसा सानपओलो बैंकले जमानत गरिएको रकम इन्भेस्टमेन्ट बैंकलाई दिन नहुने दावी गर्दै अदालत राष्ट्र बैंक स्रोतले जनाएको छ ।

‘८५ करोड बराबरको नेपाली रुपैयाँ र ८७ लाख ४९ हजार युरो गरी करिब १ अर्ब ९७ करोड बराबरको ग्यारेन्टी रकमबापतको भुक्तानी नदिन सीएमसीले चलखेल गरेको छ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने ।

यो मुद्दाको अन्तिम सुनु २६ जुनमा तोकिएको छ । यदि सीएमसीको पक्षमा फैसला आए इन्भेस्टमेन्ट बैंकको २ अर्ब रकम जोखिममा पर्नेछ ।

मेलम्चीबाट काम छाडेर भागको सीएमसीलाई तनहुँ हाइड्रोपावर लिमिटेड साइटमा काम थाल्न २८ दिनको समय दिएको थियो ।

तर, समयसीमामा सीएमसी काममा नफर्किएपछि ठेक्का रद्द गरिएको थियो ।

१४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना -हेड वक्र्स) निर्माणका लागि इटालियन कम्पनी सिएमसी छनोट भएको थियो । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको कम्पनीले तनहुँ जलविद्युत आयोजनाको काममा नजाँदै आर्थिक संकटमा फसेपछि नेपालबाट बाहिरिएको थियो ।

कम्पनीसँग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित)मा खरिद सम्झौता भएको थियो ।

ठेक्का समझौता गरेर जमानत ल्याइसकेको सीएमसी टाँट पल्टिएपछि नेपालबाट बाहिरिएको थियो । मेलम्ची खानेपानी आयोजनाबाट एकोहोरो रुपमा ठेक्का तोडेर भाग्न खोज्दा सीएमसीका प्रतिनिधिलाई सरकारले नियन्त्रणमा लिएको थियो । उनीहरुको पासपोर्ट पनि जफत भएको थियो ।

पछि इटालीयन दूतावासको आग्रहमा उनीहरुलाई अंग्रेजी नयाँ वर्ष मनाएर फर्किने गरी विदेश जान अनुमति दिइएको थियो । तर, कम्पनी नेपाल फर्किएन ।

उनीहरु गएपछि मेलम्ची र तनहुँले पटक-पटक काममा फर्किन आग्रह गर्दै पत्र लेखेका थिए । यसबीचमै तनहुँले सीएमसीलाई २८ दिनको समयसीमा दिएर कार्यस्थलमा आउन भन्दै सूचना जारी गरेको थियो ।

तर, सीएमसीले त्यसमा प्रतिक्रिया नजनाई बस्यो । प्रक्रिया पुर्‍याएरै आयोजनाले ठेक्का तोडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment