Comments Add Comment

शशांक कोइरालाको प्रष्टीकरण : हिन्दु राष्ट्र हुनुपर्छ भनेको छैन

३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफूले नेपाल हिन्दुराष्ट्र कायम हुनुपर्छ नभनेको प्रष्टीकरण दिएका छन् ।

उनले आफ्नो अभिव्यक्ति ‘मिस कोट’ भएको पनि जिकिर गरे । ‘धर्म स्वतन्त्र हुन्छ । मैले कहिले पनि हिन्दु राष्ट्र हुनुपर्छ भनेको छैन । मिस कोट भएको हुनुपर्छ’, मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘तर धर्म परिवर्तन रोक्नुपर्छ । मैले यो भनेको प्रष्ट पार्न चाहन्छु ।’

यसअघि विभिन्न कार्यक्रममा हिन्दु राष्ट्रका विषयमा जनमतसंग्रह गर्नुपर्ने अभिव्यक्ति दिएको भनी उनको आलोचना हुँदै आएको थियो ।

कार्यक्रममा पत्रकारले कांग्रेसभित्र बेला बेला हिन्दु राष्ट्रको कुरा उठिरहेको छ । खास पार्टीको धारणा के हो ? भन्ने प्रश्न गरेपछि महामन्त्री कोइरालाले जवाफ दिएका हुन् ।

‘कांग्रेसको चार तारे झण्डाको एउटा तारा धार्मिक स्वतन्त्रताको तारा हो । यसकारण कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा छ । तर, प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने कार्य रोकिनुपर्छ’ महामन्त्री कोइरालाले भने ।

यो पनि पढ्नुहोस् : कांग्रेसले घोषणा गर्‍यो राष्ट्रिय जागरण अभियान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment