Comments Add Comment

सिलिन्डर लिक भएर धादिङको थाक्रेमा आगलागी, पसल जले

४ वैशाख, काठमाडौं । धादिङको थाक्रे गाउँपालिकामा सिलिन्डर लिक भएर मंगलबार दिउँसाे आगलागी भएकाे छ । आगलागीमा करिब साढे ५ लाख रुपैयाँको धनमाल जलेर नष्ट भए पनि मानवीय क्षति भने भएको छैन ।

थाक्रे गाउँपालिका–५, दामेचौरका स्थानीय इन्द्रबहादुर तामाङको २ तले पक्की घरमा सिलिन्डर ग्यास लिक भएर आगो लागेको हो ।

आगलागी हुँदा तामाङको घरमा रहेको खाद्य स्टोर र कस्मेटिक पसलका सामान जलेका छन् ।

जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले आगलागीबाट करिब साढे ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जानकारी दिए । बिष्टका अनुसार आगलागीमा मानवीय क्षति भने भएको छैन ।

आगो प्रहरी र स्थानीयबासीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment