Comments Add Comment

विशाल विक्रमको कप्तानीमा यू-१६ टोली घोषणा

काठमाडौं । एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताका लागि विशाल विक्रम केसीको कप्तानीमा नेपाली टोली घोषणा भएको छ ।

टोलीमा आशिष भट्टराई, प्रशान्त महमत, अर्जुन कुमाल, दिपक बोहोरा, सुवास ऐर, निखिलकुमार सिंह र विशालकुमार पटेल छन् । यस्तै किस कार्की, तिलकराज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज बिक, प्रशान्त सिंह र सुशान्त थापा पनि टोलीमा अटाएका छन् ।

२० अप्रिलबाट थाइल्याण्डमा हुने प्रतियोगिताको समूह ए मा नेपालसँगै मलेसिया, म्यानमार र थाइल्याण्ड छ भने समूह बीमा सिंगापुर, हङकङ, चीन र भुटान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment