Comments Add Comment

बडिगाड नदीमा मन्त्रीको जलयात्रा

४ वैशाख, गुल्मी । श्रम रोजजार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले बडिगाड नदीमा जल यातायातको उद्घाटन गरेका छन् । जिल्लाको मुसिकोट नगरपालिकाको प्रबद्र्धनमा झक्कले एग्रो टुरिजम रिसोर्ट प्रालिको आयोजनामा व्यवसायिक रुपमा सुरु गरिएको हो ।

उद्घाटनपछि बोल्दै मन्त्री विष्टले बडिगाड नदीलाई भरपुर उपयोग गरी समृद्धि हासिल गर्न स्थानीय तहहरुलाई आग्रह गरे । देशमा भएका विभिन्न सम्भावनालाई उपयोग गर्ने हो भने आर्थिक विकास तथा समृद्धि सम्भव हुने बताए ।

ढोरपाटन घुम्न आउने पर्यटकलाई क्षेत्रमा जलयात्राको निम्ति ल्याउन सक्ने हो भने पर्यटन विकास हुने मन्त्री बिष्टको भनाइ छ । उनले आउने जेठ महिनाको मध्यपछि स्थानीय तहमा धेरै युवाहरुले रोजगारी पाउने बताए ।

‘आउने जेठ महिनापछि प्रत्येक स्थानीय तहमा तीन चार सय युवाहरुले रोजगारी पाउनेछन्’ उनले भने ‘युवाहरुलाइ नेपालमै रोजगारी दिन सरकार क्रियाशील छ ।’ उनले जनतालाइ मानवीय जीवन बाँच्ने गरी सामाजिक सुरक्षा योजनामा समेट्ने भन्दै उनले आउने जेठको बजेट सँगै बृद्धबृद्धा तथा एकल महिलालाइ दिने भत्ता बृद्धि गर्ने बताए ।

बडिगाड नदीमा नयाँ बर्ष अफरको रुपमा मंगलबारदेखि व्यवसायिक जलयात्रा सुरु गरिएको हो । झक्कले एग्रो टुरिज्म रिसोर्ट प्रालिले एक महिनासम्म बडिगाड नदीमा जलयात्राको मज्जा लिने अवसरमा जुटाएको हो ।

खर्बाङदेखि झेँदी, झेँदीदेखि भुवाचिदी तथा भुवाचिदीदेखि झक्कलेसम्म तीन चरणमा र्‍याफ्टिङ सञ्चालन हुनेछ । लामो समयसम्म जलयात्रा गर्न चाहनेहरुको लागि छुट्टै प्याकेजको पनि ब्यबस्था हुने बताइएको छ । सिट भने ४ सय ५० जनालाई मात्र रहेको रिसोर्टका अध्यक्ष चुरामणि सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment