Comments Add Comment

एनआईसी एशिया बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

४ बैशाख, काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुले नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।

एनआईसी एशिया बैंक र नेपाल क्यान्सर हस्पिटल, हरिसिद्घिबीच हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा छुट पाउने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र हस्पिटलको तर्फबाट नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरे ।

मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ एनआईसी एशियाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment