Comments Add Comment

‘शाश्वत धाम’ दर्शन गर्नेको संख्या २५ लाख नाघ्यो

४ बैशाख, काठमाडाैं । शाश्वत धामको दर्शन एवं भ्रमण गर्नेको संख्या २५ लाख नाघेको छ । बुधबार बाराको कलैया उपमहानगरपालिकाका आसमहमत अन्सारी शाश्वत धामको २५औं लाख अवलोकनकर्ताका रुपमा प्रवेश गरेका हुन् ।

‘यति सुन्दर र मनमोहक होला भन्ने मैले साेंचेकै थिइन’, अन्सारीले भने, ‘यहाँ भ्रमण गर्नेहरुको बयान सुनेर परिवारसहित आएको हुँ । आफैले प्रत्यक्ष अवलोकन गरेपछि मलाई यस्तो भव्य स्थान नेपालमा अन्यत्र कहीँ छैन जस्तो लागेको छ ।’

उनको परिवारजनसहित अन्य १० जना आगन्तुकलाई शाश्वत धाम व्यवस्थापनले फूलमाला र दोसल्ला ओडाएर स्वागत गरेको थियो। यहाँ रहेको एकाम्बरेश्वर मन्दिरको भव्य कलात्मक शैलीले आफूहरुलाई लोभ्याएको र बुद्धिष्ट सेन्टरबाट धेरै ज्ञान सिक्न पाएको अनिसा बेगम खातुनले बताइन् । उनले यो हिन्दू मन्दिर भए पनि आफनो पनि उत्तिकै श्रद्धा रहेको बताइन् ।

बुधवार २५औँ लाख आगन्तुकका रुपमा शाश्वत धाम प्रवेश गरेका अन्सारीसहित १० जना आयुवम अन्सारी, राजकुमारी अन्सारी, हिमराम अन्सारी, टिकाराम बस्याल, कमला बस्याल विष्णु चापागाई, हिरा चापागाई, तिर्थ लामा र करुणालाई विशेष सम्मान गरिएको थियो । शाश्वत धाममा २५ लाख दर्शनार्थी पुगेको उपलक्ष्यमा बुधबार यहाँ आएका सबै दर्शनार्थीका लागि स्वस्ती वाचन, भजन किर्तनले स्वागत गरिएको थियो ।

उक्त धाम पाँच भारतीय कालिगढले १४ वर्ष समय लगाई निर्माण गरेको बताइएको छ । महेन्द्रराजमार्ग अन्तरगत नवलपरासीको दुम्कौलीमा करिब ८० बिघा क्षेत्रफलमा फैलिएको डलर अर्बपति बिनोद चौधरीको सिजी इन्डस्ट्रियल पार्क रहेको छ । त्यसैको दक्षिणी हातामा चौधरीले शाश्वत धामको निर्माण गरेका छन् ।

कलात्मक र सुन्दरताका कारण यो मन्दिरमा सबै धर्मावलम्बीहरुको आर्कषणको केन्द्र बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment