Comments Add Comment

महोत्सवको स्टेज भाँच्चिदा तीन जना घाइते, मुख्यमन्त्री भट्ट सकुशल

४ वैशाख, डडेल्धुरा । अजयमेरु गाँउपालिकाको आयोजना गरेको अजयमेरु महोत्सवको उद्घाटन समारोहको स्जेट नै भाँच्चिएको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टसहितका पाहुनाहरु स्टेजमै रहेका बेला भाँच्चिएको थियो । घटनामा तीन जना घाइते भएका छन् । घाइते हुनेमा अजयमेरु गाँउपालिका ३ का देवकी पन्त, उर्मिला पन्त र गिता पन्त छन् । तीनै जना सामान्य उपचारपछि घर फर्किएका डडेल्धुरा अस्पताल डडेल्धुराले जनाएको छ ।

मुख्यमन्त्री कार्यक्रम उद्घाटनका लागि स्टेजमै रहेका बेला महोत्सवको स्टेज भाँचिएको थियो । तर मुख्यमन्त्रीलाई कुनै चोट लागेको छैन । स्टेजमा भएकाहरुको प्रहरीले तत्कालै उद्धार गरेको थियो ।

स्टेज भाँच्चिएपछि फेरि कार्यक्रम सुरु भयो र मुख्यमन्त्री भट्टले महोत्सवको उद्घाटन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment