Comments Add Comment

माछापुच्छ्रे बैंकले ल्यायो ‘एक व्यक्ति एक खाता योजना’

४ बैशाख, काठमाडाैं। माछापुच्छ्रे बैंकले नेपाल सरकारको ‘खोलौ बैंक खाता अभियान, २०७६’ अन्तर्गत ‘एक व्यक्ति एक खाता योजना’ ल्याएको छ ।

कुनै पनि बैंक वा वित्तीय संस्थामा खाता नभएका व्यक्तिको हकमा उक्त योजना बैंकले सुचारु गरेको जनाएको छ ।
उक्त खाता खोले बापत बैंकले १०० रुपैयाँ खातामा जम्मा समेत गरिदिने छ ।

बैंकका अनुसार ५ प्रतिशत आकर्षक वार्षिक ब्याजदर प्रदान गरिने भनिएको यस खाता खोल्न निकै सहज छ । नेपाल सरकारले जारी गरेको कुनै पनि फोटो सहितको परिचय पत्र देखाएर उक्त खाता खोल्न सकिने छ । बैंकको देशभर रहेका जुनसुकै शाखा वा ग्राहक सेवा केन्द्र मार्फत खाता खोल्न सकिने छ ।

बैकका देसभरि ९९ शाखा, १२१ एटीएम र ८३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १८२ स्थानवाट बैंकिङ कारोबार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment