Comments Add Comment

देउवाको २५ लाख बोकेर बारा आइपुगे निधि

४ वैशाख, सिमरा । बाराका टोनार्डो प्रभावितहरुको घर पुनर्निर्माणका लागि नेपाली कांग्रेसले ४१ लाख रुपैयाँ सहयोग गरेको छ ।

कांग्रेसको २ नम्बर प्रदेश कमिटीले जितपुरसिमरामा गरेको कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले सहयोग हस्तान्तरण गरे । निधिले सभापति शेरबहादुर देउवाले घोषणा गरेको २५ लाख र ८ जिल्लाको एक एक लाख रुपैयाँ सहयोग ल्याएका छन् ।

यस्तै महेन्द्र नारायण स्मृति प्रतिष्ठानबाट २ लाख, जनसम्पर्क समिति डेनमार्कबाट २ लाख १० हजार, सांसद दिव्यराज भण्डारीबाट २ लाख मकाउ जनसम्पर्क समितिबाट ६० हजार, सांसद दिव्यराज भण्डारीबाट २ लाख लगायत गरी जम्मा ४१ लाख रुपैयाँ बारा कांग्रेसको जिल्ला कमिटीलाई हस्तान्तरण गरिएको छ ।

संकलित रकम राहत भन्दा पुर्नबासको ब्यवस्थापनमा खर्चिन बाराका जिल्ला सभापतिलाई आग्रह गरे । उपसभापति निधिले प्रदेश र केन्द्र सरकारको तालमेल नमिल्दा पीडितको ब्यवस्थापनमा ढिलाई भएको भन्दै आपत्ति जनाए । उनले पीडितलाई अन्योलमा नपार्न दुबै सरकारलाई आग्रह गरे ।

बारा कांग्रेस सभाापति जयचन्द्र चौरसियाले यो रकम प्रदेश सरकारलाई हस्तान्तरण गरिने बताए ।

यद्यपि केही जिल्ला पार्टी सभापतिले भने प्रदेश सरकारको आलोचना गरेका छन् । उनीहरुले प्रदेश सरकारले गहन रुपमा जिम्मेवारी पुरा गर्न नसकेको भन्दै संकलित रकम प्रदेशलाई दिए हिनामिना हुने भन्दै पार्टीले नै जस लिने र पार्टीको पहिचान हुने गरी राहत र पुनर्बासको ब्यवस्थापनमा जुट्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment