Comments Add Comment

मकवानपुरमा जलाइयो तरकारी र कुखरा बोकेको गाडी

राजन दाहाल

Photo Credit : प्रतीकात्मक तस्वीर

५ वैशाख, हेटौंडा । मकवानपुरमा २ सवारीसाधनमाथि आगजनी भएको छ । थाहा नगर र भीमफेदी गाउँपालिकामा अज्ञात समूहले दुई सवारीमा आगजनी गरेको हो ।

मकवानपुरको उत्तरी क्षेत्र पालुङबाट कुखुरा बोकेर हेटौंडातर्फ आउँदै गरेको ना २ च ९०९४ नम्बरको गाडी थाहा नगरपालिका–४ स्थित पानारो रिसोर्ट अगाडि रोकेर आगजनी गरेको प्रहरीले जनाएको छ ।

तीन जनाको संख्यामा रहेका व्यक्तिहरुले गुडिरहेको गाडी रोकेर आगजनी गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

त्यस्तै, भिमफेदी गाउँपालिका–९ मा तरकारी बोक्ने ना ४ ख ७९०६ नम्बरको अर्को गाडीमा पनि आगजनी भएको छ । क्षतिको विवरण भने आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

आगजनीको जिम्मा अहिलेसम्म कसैले पनि लिएका छैनन् । आफ्नो पार्टीमाथि लगाइएको प्रतिबन्ध र नेता–कार्यकर्ता पक्राउको विरोधमा यो समूहले बन्द आह्वान गरेकाले आगजनीमा यही समूहको संलग्नता हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment