Comments Add Comment

पूर्वी नवलपरासीको दुम्कौली हेल्थपोष्ट अगाडि शंकास्पद वस्तु

नवलपुरमा ट्रकमा आगजनी

५ वैशाख, नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको हेल्थपोष्ट अगाडि शंकास्पद वस्तु फेला परेको छ ।

देवचुली नगरपालिका २ मा रहेको दुम्कौली हेल्थ पोष्ट अगाडि रातो झोलामा शंकास्पद वस्तु फेला परेको हो । लक्ष्मी नारायण वस्त्रालय लेखेको कपडाको झोलाभित्र प्लाष्टिकमा बेरेर राखिएको शंकास्पद वस्तु फेला परेको हो ।

यसैगरी गैंडाकोट नगरपालिका १३ र १४ को बीचमा पर्ने बेल्डिया पुलमा पनि रातो झोलामा शंकास्पद वस्तु भेटिएको छ । विहान पाँच बजेतिर उक्त वस्तु फेला परेपछि सडक अवरुद्ध छ ।

घटनास्थललाई प्रहरीले सुरक्षा घेराभित्र राखेर नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

बन्दका कारण सवारी साधन छिटफुट सञ्चालनमा रहे पनि शंकास्पद वस्तु फेला परेपछि प्रहरीले नै सडकका विभिन्न ठाउँमा सवारी साधनलाई रोकेर राखेको छ ।

बन्दका कारण बजार भने सुनसान देखिएको छ । बन्दको पूर्व सन्ध्यामा बुधबार साँझ चौधरी उद्योग अगाडि विस्फोट भएको थियो भने अरुणखोलामा राँके जुलुस निकाल्ने क्रममा पुरुषोत्तम रेग्मी फक्राउ परेका थिए । रेग्मी नेकपा जिल्ला सदस्य हुन् ।

नवलपुरमा ट्रकमा आगजनी

यस्तै नवलपुरको कावासोती १६ डण्डास्थित पत्थरखोला पुल नजिक रोकिराखेको भारतीय ट्रकमा आगजनी भएको छ ।

आर जे ०२ जीबी २८७० नम्बरको ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ट्रकको अगाडि भागमा क्षति पुगेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आगो निभाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment