Comments Add Comment

आँधी प्रभावित बालबालिकालाई धुर्मुस-सुन्तली फाउण्डेशनद्वारा शैक्षिक सामग्री बितरण

५ वैशाख, सिमरा । बारा र पर्सामा आएको आँधीबाट प्रभावित बालबालीकालाई धुर्मुस-सुन्तली फाउण्डेशनले शैक्षिक सामग्री बितरण गरेको छ ।

धुर्मुस-सुन्तली फाउण्डेसनले नयाँ भर्ना अभियान सुरु भएकाले आँधी प्रभावित बालबालिकाहरुलाई पुनः विद्यालय फर्काउने भन्दै अतिप्रभावित फेटा गाउँपालिकाको पुरैनियाँका करिब २०० बालबालिकालाई शैक्षिक सामग्रीसहितको झोला बितरण गरेको हो ।

यस्तै, फेटाका बिभिन्न स्थानका करिब ४ सय बालबालिका र पर्साका प्रभावित ४ सय बालबालिकालाई करिब ९ लाख बराबरको स्टेशनरीसहितको झोला बितरण गरिएको फाउण्डेशनले जानकारी दिएको छ ।

शैक्षिक सामग्री वितरणका क्रममा फाउण्डेशनका अध्यक्ष धुर्मुसले समग्र गाउँकै भविष्य अन्योल रहेपनि बालबालिकाको भविष्य सुनिश्चिच् हुनुपर्ने भन्दै कम्तिमा बालबालिकाहरु विद्यालय जाने बातावरण बन्नु पर्ने धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment