Comments Add Comment

आँधी प्रभावितलाई झापाको शिवसताक्षी नगरपालिकाको ५ लाख सहयोग

५ वैशाख, बर्दिवास । बारा र पर्साका आँधी प्रभावितलाई झापाको शिवसताक्षी नगरपालिकाले ५ लाख सहयोग गरेको छ । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बिहीबार जनपुरधाम पुगेर ५ लाखको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका हुन् ।

चेक बुझ्दै मुख्यमन्त्री राउतले प्राकृतिक विपद्बाट प्रभावित बारा र पर्साका बासीन्दालाई सहयोग गरेकोमा नगर प्रमुख लिम्बुसहित टोलीमा धन्यवाद ज्ञापन गरे ।

चेक बुझाउँदै नगर प्रमुख लिम्बुले प्रदेश २ को बारा र पर्सा जिल्लाका प्राकृतिक प्रकोप पीडितलाई सहयोगको लागि जनकपुर आइपुगेको बताए ।

नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर अधिकारी, शाखा अधिकृत डिल्ली नेपाल, वडा नं. २ का अध्यक्ष कुलबहादुर बस्नेत, जग्गाधनी दर्ता प्रमाण पूर्जा समिति झापाका अध्यक्ष राधाकृष्ण खनाललगायतको टोली जनकपुर आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment