Comments Add Comment

दिमुथको कप्तानीमा श्रीलंकाको विश्वकप टोली घोषणा

५ वैशाख, काठमाडौं । श्रीलंकाले दिमुथ करुणरत्नको कप्तानीमा विश्वकप टोलीको घोषणा गरेको छ ।

टोलीमा ब्याट्सम्यान लाहिरु थिरिमाने, स्पिन बलिङ अलराण्डर मिलिन्दा सिरिवर्दाना, जीवन मेन्डिस र लेग स्पिनर जफ्री वान्डरसे पनि छन्, जसले २०१७ पछि एकदिवसीय क्रिकेट नै खेलेका छैनन् ।

तर, विकेट किपर ब्याट्सम्यान निरोशन डिकवेला, अफ स्पिनर अकिला दानन्जय, आपनर दनुस्का गुणाथिलाका, युवद थरंथा र दिनेश चण्डिमाल भने टोलीमा परेका छैनन् । चण्डिमाल अक्टोबरमा मात्र ओडीईमा कप्तान थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment