Comments Add Comment

बम भनिएको कुकरभित्र बासी भात र साबुनका टुक्रा !

५ चैत, विराटनगर । बिहीबार मोरङको सुन्दर हरैचा नगरपालिका- ३ मा भेटिएको शंकास्पद कुकरभित्र बासी भात र साबुनको टुक्रा भेटिएको छ ।

नेत्र विप्लप चन्द विप्लव समूहले बन्द आहृवान गरेको दिन बिहीबार विहान मर्निङ वाक गर्न निस्किएका सर्बसाधरणले शंकास्पद बस्तु भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

पूर्वपश्चिम राजमार्गको किनारमा कालो झोलासँगै राखिएको कुकरको बिर्काेमा टेपले बाँधेको तार केही परसम्म तन्काएर लगेको अवस्थामा थियो ।

शंकास्पद बस्तु भेटिएको खबर पाएपछि प्रहरीले नेपाली सेनाको पूर्वी पृतथा गण इटहरीको बम डिस्पोजल टोलीलाई खबर गर्‍यो ।

सुरक्षाको बन्दोबस्तीसहित पुगेको डिस्पोजल टोलीले हेर्दा पुरानो कुकरभित्र बासी भात र साबुनको टुक्रा भेटिएको प्रहरी स्रोतले जानकारी दिएको छ । बिहान करिब साढे ५ बजे भेटिएको बस्तुले आसपासका क्षेत्रका सर्बसाधरण त्रसित भएका थिए ।

तर, कुकरभित्र बासी भात र साबुनका टुक्रा भेटिएको विषयमा प्रहरीले आधिकारिक पुष्टि भने गरेको छैन् । प्रहरीले आतंक सिर्जना गर्न अज्ञात समूहले शंकास्पद बस्तु रोखको बताउँदै आएको छ ।

शंकास्पद बस्तु डिस्पोज गरेको बताउँदै मोरङ प्रहरी उपरीक्षक मनोज केसीले भात भएको विषयमा जानकारी नभएको बताए । ‘शंकास्पद बस्तुभित्र पड्किने सामग्री थिएन्,’ केसीले भने, ‘ बासी भात भएको जानकारीमा छैन् ।’ उनले आफूसँग भएको फोटोमा पनि भात नदेखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment