Comments Add Comment

के भदौ २७ मा आउला ‘सम्हालिन्छ कहिले मन ?’

लण्डनमा करिब २ महिनाको छायांकन सकेर चलचित्र ‘सम्हालिन्छ कहिले मन’को टिम नेपाल आइसकेको छ । चलचित्रको छायांकन अझै पनि केही बाँकी छ । यसैले पनि चलचित्र कहिले आउँछ भन्ने टुंगो लागेको छैन । यसैविच, यो चलचित्र भदौको २७ गतेबाट रिलिज हुने चर्चा पनि चलिरहेको छ ।

भदौको २७ गते चलचित्र रिलिज गर्नका लागि निर्देशक सुदर्शन थापा र उनको टिमले आन्तरिक रुपमा गृहकार्य गरिरहेको पनि वुझिएको छ । तर, निर्देशक थापाले भने चलचित्रको प्रदर्शन मिति अहिलेसम्म टुंगो नलागेको बताएका छन् । उनले भने–‘हामीले अहिले चलचित्रको प्रदर्शन मितिको बिषयमा कुनै पनि कुरा अगाडि बढाएका छैनौ । चलचित्रको छायांकन नै सकिएको छैन । संभवत, चलचित्रको गीत वा ट्रेलर रिलिजमा प्रदर्शन मिति सार्वजनिक गर्नेछौ ।’ यो चलचित्रमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र गायक सोनम तोप्देनको मुख्य भूमिका छ ।

यो चलचित्र भदौ २७ मा आएको खण्डमा यही मितिमा आउने भनेको निर्देशक सुरज सुब्बा नाल्बोको चलचित्रसँग भिडन्त हुनेछ । नाल्बोको चलचित्रमा नायक पल शाहको मुख्य भूमिका छ । नायिका पूजा शर्मा र नायक पल शाहले चलचित्र ‘म यस्तो गीत गाउँछु’मा एकसाथ काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment