Comments Add Comment

सशस्त्रद्वारा पर्सामा ५ लाखको सामान बरामद

५ वैशाख, वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गुल्म -राजश्व तथा भन्सार सुरक्षा)को टोलीले वीरगञ्ज भन्सार कार्यालयमा ५ लाख भन्दा बढीको सामान बुझाएको छ ।

अबैध रुपमा चोरी तस्करी गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको पशुचौपाया, लत्ता कपडा, भाँडावर्तन वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको हो ।

रक्सौलबाट भन्सार छली नेपाल ल्याउँदै गरेको एक लाख ३१ हजार मूल्य बराबरको एलईडी टिभी, लत्ता कपडा, भाडा वर्तनहरु, पर्साको सखुवाप्रसौनी गाउँपालिका-६ स्थित लखनपुर इलाकामा भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको अन्दाजी १ लाख मूल्य बराबरको ५ वटा भैंसी र छिपहरमाई गाउँपालिका वडा नं ४ स्थित तुल्सीवर्वाबाट बरामद गरिएको अन्दाजी ३ लाख मूल्य बराबरको ६ वटा गोरु भन्सार पठाइएको सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गुल्मले जनाएको छ ।

गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काले गाडी मोबाइल टोलीले भारत रक्सौलबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको पशु चौपाया, लत्ता कपडालगायतका सामान बरामद गरेको जानकारी दिए ।

जिल्लाको विभिन्न स्थानबाट बरामद गरिएको ५ लाख ३१ हजार ८० रुपैयाँ मूल्य बराबरको पशु चौपाया, लत्ता कपडा, भाँडा वर्तनहरु आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सारमा बुझाइएको उनको भनाइ छ ।

अवैध रुपमा माल समान र पशुचौपया भित्र्याउने व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई देख्ने वित्तिकै भागेको दावी सशस्त्र प्रहरीको छ ।

सशस्त्र प्रहरीको टोलीले नयाँ वर्षको पहिलो दिन पनि वीरगञ्ज १६ इनर्वाबाट अवैध रुपमा भित्र्याउँदै गरेको ३ लाख ९० हजार मूल्य बराबरको कपडा बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment