Comments Add Comment

इतिहासमा पहिलोपटक बच्चाभन्दा बुढा धेरै

संयुक्त राष्ट्रसंघका अनुसार इतिहासमा पहिलोपटक विश्वमा बालबालिका भन्दा वृद्धवृद्धाको संख्या धेरै भएको छ ।

सन् २०१८ को अन्त्यसम्ममा विश्वमा ५ वर्षमुनिका बालबालिका भन्दा ६५ वर्षमाथिका मानिस धेरै भएका छन् ।

विश्वमा ६५ वर्षमाथिका मानिसको संख्या ७० करोड ५० लाख रहेको छ भने जन्मेदेखि ५ वर्षमुनिका बालबालिकाको संख्या ६८ करोड छ ।

यदि यही दर कायम रहेमा सन् २०५० मा पाँच वर्षमुनिका बालबालिकाको तुलनामा ६५ वर्षमाथिका वृद्धवृद्धाको संख्या दोब्बर हुने अनुमान गरिएको छ ।

जन्मदर घट्यो

विज्ञहरुका अनुसार विश्वमा पछिल्लो समयमा मानिसहरुको औषत आयुमा वृद्धि भैरहेको छ भने मानिसहरुको प्रजननदरमा पनि कमी आएको छ ।

वाशिंटन विश्वविद्यालयका प्राध्यापक क्रिस्टोफर मरेका अनुसार भविष्यमा बच्चाको संख्या कम र वृद्धवृद्धाको संख्या बढी हुँदा विश्व समाजलाई धानीराख्न पनि गाह्रो हुनेछ ।

गत वर्ष उनले एउटा शोधपत्र लेख्दै विश्वका आधाजसो देशमा विद्यमान जनसंख्यालाई कायम राख्नका लागि समेत पर्याप्त बच्चा छैनन् ।

नाति नातिनाभन्दा हजुरबा हजुरआमाको संख्या धेरै हुने अवस्थाले सिर्जना गर्ने सामाजिक तथा आर्थिक परिणाम गम्भीर हुने उनले बताएका छन् ।

विश्व बैंकका अनुसार सन् १९६० मा महिलाहरुको औषत प्रजननदर झण्डै ५ थियो जुन अहिले २.४ मा झरेको छ ।

यसबीचमा भएको आर्थिक सामाजिक विकासले पृथ्वीमा जन्मिएका मानिसहरुलाई फाइदा पुगेको छ । सन् ६० को दशकमा मानिसहरु औषतमा ५२ वर्ष बाँच्दथे भने सन् २०१७ मा विश्वको औषत आयु बढेर ७२ वर्ष पुगेको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment