Comments Add Comment

अर्थमन्त्रीसँग मोरङका उद्योगीको १८ बुँदे माग

६ वैशाख, विराटनगर । मोरङका उद्योगी व्यवसायीले औद्योगिक विकासका लागि अर्थमन्त्री डा. युवराज खतिवडालाई १८ बुँदे माग राखेका छन् ।

उनीहरुले औद्योगिक विकाससँगै पूर्वाधार निर्माण, वस्तु आयात निर्यातमा सहुलियत, उर्जाको व्यवस्थापन लगायतका माग अघि सारेका हुन ।
आर्थिक वर्ष २०७६/०७७ को बजेट, राजश्व नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी छलफल कार्यक्रममा मोरङ व्यापार संघ र उद्योग संगठन मोरङमा आबद्ध उद्योगी

व्यापारीहरुले निर्यातमा नगद अनुदान दिई व्यापार घाटा न्युनीकरण गर्नसमेत अर्थमन्त्रीको ध्यानकर्षण गराएका थिए ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुतm रुपमा तयार पारेको कार्यपत्र मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले अथर्एमन्त्री खतिवडा समक्ष प्रस्तुत गरेका थिए ।

उनले आयात हुने माल वस्तुको ३० प्रतिशत भ्यालु अडिटमा ५ प्रतिशत ५० प्रतिशतमा १० प्रतिशत र ७० भन्दा माथि भ्यालु अडिट भएको उद्योगमा १५ प्रतिशत नगद अनुदान दिने व्यवस्था सरकारले गर्नुपर्ने बताएका थिए ।

अध्यक्ष सारडाले सरकारले यथासक्य औद्योगिक ग्रामका लागि जग्गा व्यवस्थापन गरिदिन पनि सरकारसंग आग्रह गरेका छन ।

सेजको अवधारणा उपयुक्त नभएको भन्दै सारडाले प्रदेश नं १ को सुनसरी जिल्लास्थित अमडुवामा रहेको साल्ट्र ट्रेडिङ कर्पोरेसन लिमिटेडको ६५० विगाहा जग्गामा विद्युत, सडक, पानी, सुरक्षा व्यवस्था लगायतका भौतिक पूर्वाधारहरु विकास गरी उद्योग ग्रामको स्थापना गरिदिन सरकार समक्ष माग राखेका हुन् ।

उनले स्वदेशी उद्योगको संरक्षणका लागि एन्टि डम्पिङ एक्ट तर्जुमा गरी सीघ्र कार्यान्वयनमा ल्याई स्वदेशी उद्योगलाई संरक्षित गरिनु पर्नेमा समेत जोड दिए ।
सारडाले श्रमिकहरुको न्युनतम् ज्याला कामको प्रवृत्ति हेरी एवं प्रादेशिक हिसाबले तोक्न पनि सरकारसंग माग राखेका छन् ।

उनले उत्पादनमुलक उद्योगहरुको हकमा जारी भएका मूल्य अभिवृद्धि कर र आय कर गणनालाई वार्षिक रुपमा नविकरण गराउन पर्ने एवं तीन लाखको बैंक ग्यारेन्टी राख्नुपर्ने प्रावधान खारेज गर्न पनि माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment