Comments Add Comment

गाउँमा ६८० टन सुनको खानी, तर गाउँलेले खोतल्नै दिएनन्

काठमाडौं । कहीँ कतै खनजोत गर्दा गाडधन फेला परेको त बेला बेलामा सुनिन्थ्यो । तर यहाँ त खन्ने क्रममा एउटा गाउँमा सुनको भण्डार नै फेला परेको छ ।

गाउँमा ६ सय ८० टन सुन निकाल्न सकिने सुनखानी भएपनि गाउँलेले भने त्यो सुन उत्खनन गर्नमा रोक लगाएका छन् ।

यो घटना दक्षिण अमेरिकी मुलुक कोलम्बियाको हो । त्यहाँको काजामारका नामक गाउँको हो । त्यो गाउँ क्षेत्रको जमिनमुनि ६८० टन सुनको भण्डार छ । यदि त्यो सुन उत्खनन गर्न सकिएमा त्यो अर्बौँ मूल्यको हुन्छ । त्यसबाट हुने आम्दानीले गाउँलेहरु अर्बपति हुन सक्दछन् । तर अचम्म ! गाउँलेहरुले जमिनमुनिको त्यो सुन छुन पनि दिएनन् ।

सुन उत्खनन गर्दा वातावरण बिगि्रने र गाउँलेहरुको जीवन नै समाप्त हुने भन्दै सुन उत्खननमा रोक लगाइएको हो ।

त्यहाँको सुन उत्खनन गर्ने नगर्ने विषयमा निर्णय गर्न जनमत संग्रह पनि गरिएको थियो । त्यसक्रममा १९ हजार गाउँलेमध्ये केवल ७९ जनाले मात्र सुन उत्खनन गर्नुपर्ने पक्षमा भोट हालेका थिए ।

कोलम्बिया सरकारका अनुसार उक्त गाउँमा फेला परेको सुनको खानी दक्षिण अमेरिकामै अहिलेसम्म फेला परेकोमध्ये सबैभन्दा ठूलो सुनखानी हो ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment