Comments Add Comment

ब्याडमिन्टनमा नयाँ च्याम्पियनको उदय

७ वैशाख, काठमाडौं । ब्याडमिन्टनमा सेनाका रत्नजित तामाङको एक छत्र राजलाई तोड्दै एपीएफका दिपेश धामी नयाँ राष्ट्रिय च्याम्पियन बनेका छन् ।

आठौं राष्टिय खेलकुद प्रतियोगिताअन्तर्गत दाङको घोराहीस्थित कभर्डहलमा भएको फाइनलमा दिपेशले रत्नजीतलाई २१-१६ र २१-१४ को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । ४ राष्ट्रिय प्रतियोगितामा जित निकाल्दै आफ्नो बर्चस्व बनाएका रत्नजीत एपीएफका दीपेश धामीसँग पराजित भएका हुन् ।

२०६९ सालमा काठमाडौंमा भएको ३६ औं राष्ट्रिय प्रतियोगितामा तत्कालिन नम्बर एक खेलाडी विकास श्रेष्ठलाई पराजित गरेका रत्नजीतले त्यसयता पछाडि फर्केर हेर्नु परेका थिएन । तर, बेलाबेला दिपेश धामी र पि्रन्स दाहालले चुनौती दिँदै आएका थिए ।

यसै प्रतियोगिता अन्तर्गत पनि पुरुष टिम ईभेन्ट्सको पुरुष एकलको सेमिफाइनलमा पि्रन्सले तथा फाइनलमा दिपेश धामीले उनलाई पराजित गर्दै नयाँ राष्ट्रिय च्याम्पियन जन्मने सुचित गरिसकेका थिए । दिपेशले रत्नजीत तामाङलाई अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा पराजित गरिसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment