Comments Add Comment

इखले बनायो च्याम्पियन

७ वैशाख, नेपालगञ्ज । ब्याडमिन्टन खेलाडी दिपेश धामी लामो समयदेखि रत्नजीत तामाङको छायाँमा पर्दै आएका थिए । तर, आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उही रत्नजीतलाई नमिठो हार चखाउँदै राष्ट्रिय च्याम्पियन बन्न सफल भएका छन् ।

प्रदेश पाँच खेलकुदमय बन्दा दिपेशका लागि पनि भाग्य चम्किएर आयो । उनी यो पटक सफल बने । दाङको घोराहीस्थित कभर्डहलमा भएको फाइनलमा दिपेशले रत्नजीतलाई २१-१६ र २१-१४ को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जिते ।

यो उनको अहिलेसम्मकै ठूलो उपलब्धि हो । २०६९ सालमा काठमाडौंमा भएको ३६ औं राष्ट्रिय प्रतियोगितामा तत्कालीन नम्बर एक खेलाडी बिकास श्रेष्ठलाई पराजित गर्दै रत्नजित च्याम्पियन बनेका थिए । त्यसयता रत्नजीतको एकछत्र जस्तै रहृयो ।

यो पटक पनि नम्बर एक खेलाडीलाई पराजित गर्नु दिपेशको लागि चानचुने कुरा थिएन । तर सातौं राष्ट्रिय खेलकुदमा ब्यहोरेको हारको बदला लिँदै आफूलाई च्याम्पियन बनाएका छन् । उनी भन्छन्, उनी भन्छन्, ‘सपना पूरा भएको छ ।’

दिपेशसँग गरिएको कुराकानीः

राष्ट्रिय च्याम्पियन बन्दा कस्तो कस्तो महशुस हुँदोरहेछ ?

एकदमै खुशी लागिरहेको छ । खेलिसकेपछि सबैको लक्ष्य हुन्छ, नेपाल च्याम्पियन बन्ने । मेरो पनि थियो । आज च्याम्पियन बन्दा एकदमै खुशी छु, कसरी वर्णन गरुँ ।

प्रतियोगिता सुरु हुनुपूर्व च्याम्पियन हुन्छु भन्ने लागेको थियो ?

अभ्यासहरु राम्रो भइरहेको थियो । यो पटक राम्रो गरिरहेको थिएँ । त्यसकारण यो आठौं राष्ट्रिय खेलकुदमा म च्याम्पियन हुनु पर्छ भन्ने थियो । जित्छु भन्ने विश्वास थियो । भन्नुको मतलब फाइनलमा (शनिबार) नकारात्मक कुरा लिएर चाहिँ खेल्दिन भन्ने थियो ।

रत्नजीतलाई जित्न सकेँ भने मेरो लागि सबैभन्दा ठूलो उपलब्धि हो हुनेछ भन्ने लागिरहेको थियो ।

राष्ट्रिय च्याम्पियनसम्म आइपुग्दा ब्याडमिन्टनमा संघर्षहरु कस्तो थियो ?

ब्याडमिन्टनमा लाग्नुको मुख्य कारण मेरो बाबा नै हो । बाबाकै कारणले गर्दा यो स्थानमा आइपुगेको छु । सानो हुँदा ब्याडमिन्टनभन्दा पनि अरु नै खेलमा रुची थियो । स्कुलमा पढ्दा फुटबल खेल्थेँ । फुटबल खेल्दाखेल्दै ब्याडमिन्टनका जयन श्रेष्ठ गुरु आउनुभएको थियो । साथीभाइसँगै म पनि त्यसबेला कर्भड हल गएको थिएँ । गुरुले मेरो बाबालाई छोराको खेल राम्रो छ भनेर भन्नुभएको रहेछ ।

एसएलसी सकाएपछि बाबाले ब्याडमिन्टनको ट्रेनिङ गर्न भारतको हैदरावाद पठाउनु भएको थियो । त्यो ढेड वर्षे अवधिमा मैले ब्याडमिन्टनको बेसिक कुरा सिक्न पाए ।

अब चाहिँ ब्याडमिन्टन खेल्छु । यसैलाई करिअर बनाउँछु भन्ने कतिबेला आयो ?

मैले चितवनमा जुनियर ब्याडमिन्टन प्रतियोगिता खेलेको थिएँ । त्यसबेला म पहिलो चरणबाटै बाहिरिएँ । त्यहाँ जित्नेले मेडल लगाएको देखेँ । खुशी भएको देखेँ । त्यहीँबाट चाहिँ म पनि ब्याडमिन्टन खेल्छु, मेडल जित्छु भन्ने इख आयो ।

यसअघि साथीभाइसँग रमाइलोका लागि र टाइम पासको लागि खेल्थेँ । त्यसपछि म भारतको हैदरावादमा अभ्यास गर्न गएँ । त्यो ढेड वर्षका अवधिमा निकै गाह्रो भएको थियो । हैदरावादमा कोही नेपाली हुदैनथ्यो । त्यो डेढ वर्ष मैले क्यालेन्डर नै हेरेर विताएँ ।

हैदरावादको ट्रेनिङ सकाएर स्वदेश फर्किएपछि छैटौं राष्ट्रिय खेलकुद खेलेको थिएँ । फाइनलसम्म पुगे तर, त्यसबेलाका नम्बर एक खेलाडी विकास श्रेष्ठ दाइसँग हारेको थिए ।

राष्ट्रिय च्याम्पियन कतिबेला बन्छु भन्ने लागेको थियो ?

छैटौंमा राम्रो खेल्दाखेल्दै हार्न पुगेको थिएँ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रत्नजीतसँग हार्न पुगेँ । एकदिन च्याम्पियन बनेरै छाड्छु भन्ने थियो । तर, दुई वटा राष्ट्रिय प्रतियोगितामा हारेपछि अब कहिल्यै जित्दैन, बुढो भयो भन्ने टिप्पणीहरु पनि सुनेँ । किनभने यहाँ खुट्टा तान्नेहरु धेरै हुन्छन् । तर, यसले ममा इख पलायो र राष्ट्रिय च्याम्यिन बनेर देखाएरै छोड्छु भन्ने संकल्प गरेँ ।

करिअरकै दौरानमा व्यहोरेको नमिठा क्षण ?

पुष्पलाल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा खुट्टा भाँच्चिएर पनि मैले जिते ।

तर, मलाई नराम्रो महशुस भएको त्यतिबला नै हो । किनभने मेरो खुट्टाको अप्रेसनपछि मेरो छेउमा मेरो बाबा मात्रै हुनुहुन्थ्यो । मलाई हेर्न बाबाबाहेक अरु कोही आउनु भएन । कोही आउनु होला भन्ने थियो किनभने मैले देशको लागि यत्रो खेलेँ । संघका पदाधिकारी अथवा कोही त आउलान् भन्ने थियो । तर, आएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment