Comments Add Comment

सफ्ट टेनिसमा ३ स्वर्णको टुंगो

८ वैशाख, बुटवल । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सफट टेनिसमा ३ स्वर्णको टुगो लागेको छ ।

आइतबार पुरुष युगलमा कमल भण्डारी र नौ बहादुर लुंगेलीको जोडीले प्रदेश १ का युकेश योन्जन र आशिष बोहराको जोडीलाई ५–४ को सेटमा पराजित गर्दै स्वर्ण हात पारे ।

प्रदेश ३ का प्रदीप खत्री र वृजेश पाण्डे तथा प्रदेश ५ का सुभम खनाल र सुरज चौधरीको जोडीले कास्य पदक जिते ।

महिला युगलतर्फको खेलमा प्रदेश १ का सुनिरा थापा र चन्द्रमाया राइको जोडीले स्वर्ण जिते र थापा र राईको जोडीले प्रदेश ५ का आश्मा भुषाल र रितिका चौधरीको जोडीलाई ५–० को सेटमा पराजित गरेका हुन् । प्रदेश ५ का आश्मा भुषाल र रितिका चौधरी रजत पदकमा चित्त बुझाए । प्रदेश १ का श्रीया योन्जन र जर्जिया चौधरीको जोडी तथा प्रदेश नं. ४ का प्रिति बराल र सृष्टिका उदासको जोडीले कास्य पदक जिते ।

मिश्रित युगलतर्फको खेलमा प्रदेश ३ का चन्द्रमाया राई र निर्मल स्थापितको जोडीले प्रदेश १ का युकेश योन्जन र जर्जिया चौधरीको जोडीलाई ट्राइबेकरमा ७–५ मा जित निकाल्दै स्वर्ण जितेका हुन् । आशिष बोहरा र श्रीया योन्जनको जोडी तथा सुरज चौधरी र रितिका चौधरीको जोडीले कास्य पदक जिते ।

रुपन्देहीमा सफट टेनिस संघ गठन

रुपन्देहीमा सफ्ट टेनिस खेलको विकास र विस्तारका लागि डा. मनोज ढुगानाको अध्यक्षतामा रुपन्देहीमा शाखा गठन भएको हो । संघको उपाध्यक्ष रत्न पौडेल, सचिव बालकृष्ण अर्याल, कोषाध्यक्ष विष्णु प्रसाद चापागाई रहेका छन् ।

सदस्यमा ओमप्रसाद अर्याल, डा तनुजा सिह, रामप्रसाद पोखरेल सर्वसम्मत चयन भएका छन । यसैगरि संस्थाको सल्लाहकारमा दीर्घ बहादुर केसी, गोपाल ज्ञवाली, अर्जुनबहादुर गुरुङ, स्वस्तिक श्रेष्ठ, कपिल ज्ञवाली पहिलो बैठकबाट मनोनित गरेको छ ।

एक कार्यक्रमकाबीच रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै जिल्लामा कान्छो समिति भए पनि भौतिक र खेलाडी उत्पादनमा सहयोग गर्ने बताए ।

कार्यक्रममा समितिका कार्यालय प्रमुख संगमसिह थापा, रुपन्देही लन टेनिस संघका सचिव गोपाल ज्ञवालीले पाच नम्बर प्रदेशमा खेलको विकासमा सरकारको लगानी बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment