Comments Add Comment

एपीएफ र प्रदेश ३ सेमिफाइनलमा

८ वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार भएको महिला भलिबल खेलमा एपीएफ र प्रदेश तीन सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनल प्रवेश गर्ने क्रममा एपीएफले सुदूरपश्चिम प्रदेशलाई २५–८, २५–१३, २५–१० को सोझो सेटमा हराउदै एक खेल अगावै सेमिफाइनल स्थान सुरक्षित गरेको हो । प्रदेश तीनले पनि कर्णाली प्रदेशलाई २५–४, २५–१२, २५–१८ को सोझो सेटमा हराउदै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो ।

त्यसैगरी समुह बी मा रहेको गण्डकी प्रदेशले नेपाल आर्मीमाथि १३–२५, १७–२५,२५–२३, २५–२१ र १६–१४ को संघर्षपूर्ण जित निकाल्दै उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो ।

पुरुष तर्फ पनि नेपाल पुलिस क्लब, गण्डकी प्रदेश र गण्डकी प्रदेश सेमिफाइनल प्रवेश गरे । नेपाल आर्मी क्लब भने एक दिन अघि नै सेमिफाइनल प्रवेश गरेको थियो । आइतबार भएको खेलमा पुलिसले प्रदेश एकलाई २५–१३, २५–२०, १७–२५ र २७–२५ ले हराउदै समुह विजेता भएको छ । समुह कको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई २५–१७,२५–१४,२५–२१ ले हराउदै चार खेलबाट नौ अंक जोडे पछि सेमिफाइनल प्रबेश गरेको हो ।

तीन खेलबाट नौ अंक जोडेको आर्मीले एक खेल अगावी सेमिफाइनल प्रबेश गरे पनि समुह विजेताको टुंगो सोमबार लाग्ने छ । आइतबार नै भएको पुरुष तर्फको खेलमा प्रदेश तीनले प्रदेश दुईलाई २५–१७, २५–२१, २५–१४ को सोझो सेटमा हराए पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment