Comments Add Comment

कार्यकक्षमै मस्त निद्रामा पशु सेवा कार्यालयका प्रमुख !

८ वैशाख, विराटनगर । मोरङ उर्लाबारीस्थित पशुपन्छी सेवा कार्यालयका प्रमुख कार्यकक्षमा मस्त निद्रामा भेटिएका छन् । आइतवार दिउँसो कार्यालय समयमा पशु विकास अधिकृत श्यामानन्द यादव मस्त निद्रामा भेटिएका हुन् ।

कार्यालय समयमा सेवाग्रहीको चाप रहेकै बेला प्रमुख भने मस्त निद्रामा भेटिएका हुन् ।

रिपोर्टिङका लागि पुगेका पत्रकार हरि कोइरालाले कार्यकक्षमा निधाएको तस्वीर खिचेर सामाजिक सञ्जालमा सेयर गरेका छन् । ‘हामी रिपोर्टिङमा गएका थियो, निदाएको देखेपछि ४-५ मिनेट पर्खियाैं ,’ उनले भने ‘ नउठेपछि एक मिनेट जतिको भिडियो र फोटो खिच्यौं ।’ यादव निदाएको टेबल छेउको ढोकाबाट प्रवेश गरी दुई पटक खोकेपछि मात्र बिउँझिएको उनले बताए ।

उर्लाबारी नगरपालिका कार्यक्षेत्र रहेको सेवा कार्यालय ४ नम्बर वडामा छ । आइतबार गोबर परीक्षण गर्ने सेवाग्राहीको चाप बढी थियो । गोबर परीक्षण गर्दा टाउको दुखेपछि आफ्नो चेम्बरमा रेष्ट गर्दा पुगेका मान्छेले आफ्नो फोटो खिचिदिएको यादवले सुनाए । ‘यहाँ धेरै सेवाग्राही आउनुहुदो रहेछ,’ उनले भने, ‘हेर्दा हेर्दै टाउको दुखेर रेष्ट गर्दा यस्तो भयो ।’

कार्यकक्ष सुत्ने ठाउँ नभएको बताउँदै उनले माइक्रोस्कोपमा पटक-पटक गोबर टेष्ट गर्दा टाउको दुखेपछि साथीलाई हेर्न लगाएर रेष्ट गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment