Comments Add Comment

पीएसजीले जित्यो फ्रेन्च लिग वानको उपाधि, एम्बाप्पेको ह्याट्रिक

९ वैशाख, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पाँच खेल अगाडि नै फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । लिगअन्तर्गत आइतबार राति भएको खेलमा मोनाकोलाई ३-१ ले हराउँदै पीएसजीले उपाधि पक्का गरेको हो ।

पीएसजीको जितमा केलियन एम्बाप्पेले फ्रेन्च गरे । एमबाप्पेले १५, ३८ र ५५ औं मिनेटमा गोल गरेका थिए । मोनाकोका लागि गोलोविनले ८० औं मिनेटमा एक गोल फर्काए ।

अर्को खेलमा दोस्रो स्थानको लिलेले टुलससँग गोलरहित बराबरी खेलेपछि पीएसजी फ्रेन्च लिग वान फुटबलको च्याम्पियन बनेको हो ।

मोनाकोविरुद्धको खेलमा नेइमार पनि मैदानमा थिए । चोटग्रस्त भएपछि उनले अघिल्ला खेल खेलेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment