Comments Add Comment

कार्डिफलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

९ वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा कार्डिफ सिटीलाई हराउँदै लिभरपुल पुनः शीर्ष स्थानमा उक्लिएको छ । गएरातिको खेलमा लिभरपुलले कार्डिफ सिटीलाई २–० हरायो ।

दुवै गोल दोस्रो हाफमा भएका थिए । ५७ औं मिनेटमा जर्जिनिओ विनाल्डमले र ८१ औं मिनेटमा जेम्स मिल्नरले गोल गरे । दोस्रो गोल पेनाल्टिमार्फत भएको थियो ।

यो जितसँगै लिभरपुलले ३५ खेलबाट ८८ अंक बनाएको छ । ऊ एक खेल कम खेलेको म्यान्चेस्टर सिटीभन्दा दुई अंकले माथि छ । कार्डिफको ३५ खेलबाट ३१ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment