Comments Add Comment

बेन्जिमाको ह्याट्रिकमा रियल मड्रिड विजयी

९ वैशाख, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई ३–० ले हराएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिडको लागि तीन वटै गोल करिम बेन्जिमाले गरे ।

पहिलो हाफ भने गोलरहित बराबरी भएको थियो । दोस्रो हाफको ४७ औं मिनेटमा बेन्जिमाको गोलबाट रियल मड्रिडले खाता खोल्यो । त्यसपछि उनले ७६ औं मिनेटमा दोस्रो र ९० औं मिनेटमा तेस्रो गोल गरे ।

यो जितसँगै रियल मड्रिड ३३ खेलबाट ६४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । आइतबार राति नै भएका अन्य खेलमा गेटाफे, भिल्लारियल र भ्यालेन्सिया विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment