Comments Add Comment

यौन सम्पर्कबिनै चिकित्सक ४९ सन्तानका पिता !

नेदरल्याण्डमा १ जना डाक्टरका बारेमा निकै नै तरंग उत्पन्न गर्ने खालको घटना सार्वजनिक भएको छ ।

ती डाक्टर महिलाहरुसँग यौन सम्पर्क नगरिकनै ४९ जना बच्चाको पिता बनेको खुलासा भएको छ ।

निःसन्तान दम्पत्तिहरुको लागि टेष्टट्युब प्रविधिबाट गर्भाधारण गराएर सन्तानलाभ गराउने क्लिनिक सञ्चालन गर्ने ती डाक्टरले शुक्रकिट बैंकबाट लिइएका शुक्रकिटसँग आफ्ना शुक्रकिट साटफेर गरी गर्भाधारण गराउने गरेको खुलासा भएको हो ।

गत शुक्रबार गरिएको डीएनए परीक्षणबाट उनको यस्तो कर्तुत पर्दाफास भयो । अदालती आदेशपछि निजमेगन सहरस्थ्ति एक सामाजिक संगठनले बच्चाको डीएनए परीक्षण गराएको थियो । उक्त संस्थाले क्लिनिकमा पैदा भएका बच्चा तथा उनीहरुका अभिभावकहरुको प्रतिनिधित्व गर्ने गर्दछ ।

यद्यपि, त्यस्तो कर्तूत गर्ने डाक्टर जोन कोर्बाटको सन् २०१७ मै मृत्यु भइसकेको छ । मृत्युअघि नै उनले आफू ६० बच्चाको पिता बनिसकेको स्वीकारेका थिए । अनियमितता र अन्य विभिन्न खाले गैरकानूनी काम गरेको अभियोगपछि उनको क्लिनिक सन् २००९ मै बन्द गराइएको थियो ।

गत फेब्रुअरीमा अदालतले अभिभावकहरुलाई बच्चाको डीएनए परीक्षण गरी डाक्टर कोर्बाटको डीएनएसँग तुलना गर्ने अनुमति दिएको थियो ।

आफ्नो मृत्युअघि डाक्टर कोर्बाटले एक विवादित बयान दिँदै आफू ६० बच्चाको बावु बनिसकेको घोषणा गरेका थिए । साथै उनले आफूले कैयन् दाताहरुको शुक्रकिटमा आफ्नो शुक्रकिट मिसावट गरेको पनि खुलासा गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment