Comments Add Comment

चीनमा ‘अन्धाधुन’को व्यापार ३ सय करोड माथि

चीनको बक्स अफिसमा सफल भएका भारतीय चलचित्रहरुले निकै नै लोभलाग्दो कर्माइ गर्ने गरेका छन् । यसैले पनि अहिले बलिउड मेकरको आँखा चीनमा चलचित्र रिलिज गर्नका लागि केन्द्रित छन् । यसैविच, भारतमा समेत निकै नै प्रशंसा पाएको चलचित्र ‘अन्धाधुन’ले चीनको बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । यो चलचित्रले चीनको बक्स अफिसमा ३ सय करोडको आँकडा पार गरेको छ । भारतमा सय करोडको आँकडा पनि नछोएको यो चलचित्रलाई चीनका दर्शकले मन पराएका छन् ।

योसँगै चीनको बक्स अफिसमा आयुष्मान खुराना अभिनित यो चलचित्रले नायक सलमान खानको चलचित्र ‘बजरंगी भाइजान’को व्यापारलाई समेत उछिनेको छ । तेश्रो हप्ताको आइतबारसम्म चलचित्रले ४३.४५ मिलियन डलर अर्थात ३ सय ३ करोड भारतीय रुपैयाँ कमाएको छ ।

चीनको बक्स अफिसमा हालसम्म सर्वाधिक कमाउने चलचित्रमा ‘दंगल’ पर्छ । यस्तै, दोश्रो नम्बरमा ‘सेक्रेट सुपरस्टार’, तेश्रो नम्बरमा ‘अन्धाधुन’, चौथो नम्बरमा ‘बजरंगी भाइजान’ र पाँचौ नम्बरमा ‘हिन्दी मिडियम’ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment