Comments Add Comment

भाषाशास्त्री पोखरेलको परिवारले लिएन मान-पदवी

९ वैशाख, विराटनगर । भाषाशास्त्री स्वर्गीय बालकृष्ण पोखरेल परिवारले सरकारी मान पदवी अस्वीकार गरेको छ ।

सरकारले स्वर्गीय पोखरेललाई उज्ज्वल कीर्तिमय राष्ट्रदीप (द्वितीय श्रेणी) प्रदान गर्ने निर्णय गरेको थियो । ३ असोजमा मानव पदवी पाउनेहरुको सूची प्रकाशित भएको थियो, जसमा इतिहासकार तथा समाजशास्त्री बालकृष्ण पोखरेलको नाम पनि छ ।

तर, त्यसबेला नै पोखरेलले लिने इच्छा व्यक्त नगरेको परिवारले जनाएको छ ।

पोखरेलको १२ फागुनमा निधन भयो ।

आइतबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारले घोषणा गरेको मान-पदवी, अलंकार र पदक प्रदान गरेकी थिइन् ।

तर, पोखरेलको परिवारले मान पदवी लिएन । ‘ सूची प्रकाशित भएपछि बुबाले आफू डाक्टर नभएकाले पुरस्कार लिने इच्छा व्यक्त गर्नुभएन’ छोरा मुनालले भन्छन्’ पदवी दिने बेलामा डाक्टर बालकृष्णलाई खोज्दै फोन आएको थियो, मैले उहाँ भाषाशास्त्री मात्र भएको र बुबाको इच्छाअनुसार मान-पदवी ग्रहण नगर्ने जवाफ दिए ।’

छोरा मुनालकाअनुसार भाषाशास्त्री पोखरेलले राज्यले आफूलाई नचिनेका कारण पदवी नलिने बताएका थिए ।

पोखरेलले यसअघि पनि सरकारी मानपदवी अस्वीकार गरेका थिए । भाषाशास्त्री पोखरेललाई तत्कालीन राजाको पालामा पाएको गोरखा दक्षिण बाहु र डा. रामवरण यादव राष्ट्रपति भएका बेला जनसेवाश्री पदक दिने निर्णय भएको थियो ।

भाषाशास्त्री पोखरेलका कथा, कविता, उपन्यास, निबन्ध, समालोचना, अनुसन्धान, शब्दकोश गरी एकसय बढी कृति प्रकाशित छन् । नेपाली भाषा र साहित्य क्षेत्रमा योगदान पूर्‍याएका पोखरेलको ८६ वर्षको उमेरमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment