Comments Add Comment

बुधबारसम्म हुरीबताससहित पानी पर्ने

९ वैशाख, काठमाडौं । देशका बिभिन्न भागमा बुधबारसम्म चट्याङ्ग र हुरीबताससहित सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

देशका पहाडी भू-भागमा दिउँसो र रातिको समयमा मेघ गर्जनका साथै केही स्थानमा चट्याङ र हुरीबताससहित हल्का वर्षा हुने अनुमान मौसम विद्हरुको छ ।सोमबार, मंगलबार र बुधबार तीनै दिन मौसमको अवस्था उस्तै रहेने अनुमान गरिएको छ ।

सोमबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा पानीसमेत पर्ने अनुमान गरिएको छ भने मंगलबार पूर्वी तथा मध्य क्षेत्रलगायत पश्चिमी पहाडी भू-भागका केही स्थानमा पानी पर्ने मौसमविद्को अनुमान छ ।

बुधबार पनि पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने, केही स्थानमा मेघ गर्जन हुनुका साथै चट्याङ्ग, हुरीबताससहित हल्का वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment