Comments Add Comment

राष्ट्रपतिद्वारा शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण

९ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल पुगेकी छन् ।

सोमबार दिउँसो राष्ट्रपति भण्डारीले शिक्षक अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी हुन् । उनी हरेक तीन महिनामा स्वास्थ्य जाँचका लागि शिक्षण अस्पताल जाने उनका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए ।

‘उहाँ कुनै समस्या भएर नभई रेगुलर चेकअपका लागि जानुभएको हो’ उनले भने ‘तीन तीन महिनामा चेकअपका लागि जानुहुन्छ ।’

राष्ट्रपति भण्डारी चीन जानु दुई दिनअघि स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment