Comments Add Comment

ताप्लेजुङमा बाढीपहिरोबाट मृत्यु भएकालाई जनही १ लाख दिइने

९ वैशाख, काठमाडौं । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका १ र २ मा बाढी पहिरोबाट ज्यान गुमाउने ४२ जनाको परिवारलाई सरकारले जनही १ लाख रुपैयाँ राहत दिने भएको छ ।

२०७२ जेठ २७ गते आएको बाढीमा मृत्यु भएकाको परिवारर्ला यसअघि काजकिरिया खर्च ४० हजार रुपैयाँमात्रै दिएकोमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत प्रतिमृतक १ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

बाढी पहिरोबाट घरवार विहीन भएकाहरुलाई भूकम्प पीडितलाई सरह सहयोग उपलब्ध गराउने सहमति पनि भएको ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका नेकपा नेता योगेश भट्टराईले जानकारी दिएका छन् ।

पीडितको तथ्यांक संकलन गरी यसको कार्यविधि र योजना बनाई सरकारले चाँडै रकम उपलब्ध गराउने भट्टराईको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment