Comments Add Comment

एथ्लेक्टिसमा सेनालाई २१ स्वर्ण

९ वैशाख, बाँके । नेपाल आर्मी आठौं राष्ट्रिय खेलकुदमा एथ्लेटिक्सतर्फ सबैभन्दा धेरै पदक जितेको छ ।

दाङको तुलसीपुरस्थित बेलझुण्डी रंगशालामा सम्पन्न एथ्लेटिक्स खेलमा नेपाली सेनाले सर्वाधिक २१ स्वर्ण, १२ रजत र ८ कास्य पदक हात पारेको हो ।  त्यस्तै ८ स्वर्ण, ६ रजत र ९ कास्य हात पारेको सशस्त्र प्रहरीको एपीएफ दोस्रो बन्यो । नेपाल पुलिस ३ स्वर्ण ५ रजत र ४ कास्य पदकका साथ तेस्रो भयो ।

त्यस्तै प्रदेश पाँच १ स्वर्ण, ८ रजत र ६ कास्य पदक हात पार्दै चौथो स्थान हासिल गर्न सफल भयो । एथ्लेटिक्समा महिला १८ र पुरुष १८ गरी ३६ इभेन्ट्समा भएको प्रतिस्पर्धाबाट १०८ पदकको टुङ्गो लागेको हो ।

नेपाल आर्मीका कृष्ण बस्नेत र नेपाल प्रहरीकी राजपुरा पछाई आठौं राष्ट्रिय खेलकुद अन्तर्गत फुल म्याराथन प्रतियोगिताको च्याम्पियन बनेका छन् । सोमबार भएको खेलमा ४२ दशमलव १९५ किलोमिटर म्याथन दौड २ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पूरा गरी स्वर्ण जितेका बस्नेतले आफ्नो २ घण्टा २० मिनेटको पुरानो रेर्कडमा सुधार गर्दै च्याम्पियन बनेका हुन् ।

त्यस्तै कर्णालीका दुर्गाबहादुर बुढाले २ घण्टा १८ मिनेट ३९ सकेन्डमा रजत जित्दा एपीएफका कृष्णसिंह बोगटीले २ घण्टा २२ मिनेट १० सेकेण्ड कास्य पदक हात पारे । त्यस्तै महिला फुल म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईले दुई घण्टा ५९ मिनेट ३८ सेकेण्डको रेर्कड बनाउदै पूरा गर्दै स्वर्ण जितिन् । त्यस्तै ३ घण्टा ५९ सेकेन्डमा दुरी पार गर्दै एपीएफकी पुष्पा भण्डारीले रजत जित्दा नेपाली सेनाकी सरिता बासिले ३ घण्टा ८ मिनेट ३ सेकेन्डमा कास्य पदक जितिन् ।

वैशाख ५ बाट सञ्चालन भएको प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी, नेपाल पुलिस, शसस्त्र प्रहरीको एपीएफ, सात प्रदेश र एनआरएनको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment