Comments Add Comment

उसुमा निमा र मिनालाई स्वर्ण

९ वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत उसुको थाउलोतर्फ आर्मीकी निमा घर्तीमगर र मिना ग्लानले स्वर्ण पदक जितेका छन् ।

महिला नान् छवान्/नान् तावमा निमाले समग्रमा १८.२ अंक जोड्दै स्वर्ण पदक जित्न सफल भइन् । यता, प्रदेश ३ की अञ्जिता स्याङ्तान दोस्रो तथा कर्णाली प्रदेशकी सरु सोती तेस्रो भए ।

महिला थाइची छ्वान/थाइची चेनमा आर्मीकी मिना ग्लान १८.२१ अंकसाथ पहिलो भइन् । मिनाले १२ औं सागकी रजत विजेता आर्मीकै सविता राईलाई पछि पारिन् । सविताले १७.९८ अंक जोडिन् । सुदूरपश्चिम प्रदेशकी सम्झना चौधरी तेस्रो भइन् ।

पुरुष थाइची छ्वान/थाइची चेनमा आर्मीका हरिप्रसाद गोले पहिलो भए । उनले १८.४८ अंक जोडे । प्रदेश ३ का पासाङ शेर्पा दोस्रो तथा सुदूरपश्चिमका जनक बुढा तेस्रो बने । पुरुष नान छ्वान/नान कुनमा कर्णाली प्रदेशका दीपक हमालले स्वर्ण जिते । उनले १९.१ अंक प्राप्त गरे । एपीएफका युवराज थापाले रजत तथा एपीएफकै सन्नी श्रेष्ठले कास्य हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment