Comments Add Comment

नेकपाका ९ केन्द्रीय सदस्य जिल्ला कमिटी सचिवमा घटुवा !

९ वैशाख,काठमाडौं । केन्द्रीय सदस्यलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिनेसम्म बिगतमा प्रयोग भएको अभ्यास थियो । तर नेकपाका ९ जना केन्द्रीय सदस्यलाई जिल्ला कमिटी सचिव बनाइएपछि पार्टीमा खैलाबैला मच्चिएको छ ।

तत्कालिन एमालेका जिल्ला अध्यक्षहरुलाई निरन्तरता दिने सन्दर्भमा भएको सहमति अनुसार अध्यक्ष नपाएको जिल्लामा सचिवमा घटुवा गरिएको छ । तर तत्कालिन माओवादीतर्फका ८ जना पूर्वएमालेका १ जना  केन्द्रीय सदस्य जिल्ला सचिवमा घटुवा भएका छन् । यद्यपी उनीहरुको केन्द्रीय सदस्य पद पनि यथावत छ ।

सोमवार अपरान्ह सार्वजनिक भएको जिल्ला अध्यक्ष र सचिवहरुको लिष्टमा नौ केन्द्रीय सदस्य जिल्ला सचिव बनाइएका छन् । उनीहरुले अब पार्टी बरियतामा आफूभन्दा जुनियरको मातहत रहेर काम गर्नुपर्नेछ । बरियतामा केन्द्रीय सदस्यभन्दा तल जिल्ला अध्यक्ष रहन्छन् ।

सार्वजनिक गरिएको सुची अनुसार केन्द्रीय सदस्यको मातहतमा सचिव हुने मोरङका गोपी अछामीमात्र छन् । मोरङमा तत्कालिन एमालेका अध्यक्ष समेत रहेका र हाल केन्द्रीय सदस्य बढुवा भएका बिनोद ढकाल अध्यक्ष बनेका छन् ।

केन्द्रीय सदस्यबाट सचिवमा घटुवा हुनेहरुमा डाचाराज वाग्ले (सर्लाही), युवराज भट्टराई (रौतहट), दावा तामाङ (सिन्धुपाल्चोक), श्रवण यादव (धनुषा), हिमाल शर्मा (काठमाडौं), शालिकराम जमरकट्टेल (धादिङ), दधिराम न्यौपाने (रुपन्देही) र प्रमोदनारायण यादव (सिरहा) छन् ।

नेकपाका कार्यकर्ताले केन्द्रीय कमिटी सदस्य तथा प्रदेश मन्त्री तहका नेताहरुलाई जिल्ला कमिटी सचिव बनाइएकोमा आश्चर्य व्यक्त गरेका छन् । यसैबीच केन्द्रीय सचिवालयका केही नेताले जिल्ला सचिवको साटो सहअध्यक्ष बनाउन प्रस्ताव गरेका छन् ।

पूर्व माओवादीबाट जिल्ला अध्यक्ष बनाइएका धेरै नेता केन्द्रीय कमिटी सदस्य भए पनि पूर्व एमालेबाट जिल्ला अध्यक्ष बन्नेमा विनोद ढकाल र कृष्ण राईमात्र केन्द्रीय सदस्य हुन् । उनीहरु तत्कालिन जिल्ला अध्यक्ष भएकाले निरन्तता पाएका हुन् ।

यो पनि पढ्नुहोस् :  कोको भए नेकपाका जिल्ला अध्यक्ष र सचिव ? (सूचीसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment