Comments Add Comment

१० करोड भ्यूज बटुल्ने पहिलो नेपाली गीत बन्यो कुटुमा कुटु

राजनराज सिवाकोटीद्वारा संगीतवद्ध ‘कुटुमा कुटु’ गीतले यूट्यूवमा १० करोड भ्यूज प्राप्त गरेको छ । कुनै पनि नेपाली गीत १० करोड क्लवमा प्रवेश गरेको यो पहिलोपटक हो ।

चलचित्र ‘२ रुपैयाँ’ मा समावेश यो गीत गाउँदेखि शहरसम्म लोकप्रिय छ । यस गीतले यूट्यूवमा सुरुदेखि नै आक्रामक भ्यूज प्राप्त गरिरहेको थियो । गीतमा राजनराजको शब्द, संगीत र स्वर रहेको छ भने उनलाई गायनमा मेलिना राईले साथ दिएकी छन् । गीतमा निश्चल बस्नेत, स्वस्तिमा खड्का र आसिफ साह फिचरिङ छन् ।

गीत १० करोड क्लवमा प्रवेश गरेपछि संगीतकार शिवकोटीले खुशी सेयर गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै सबै दर्शक र स्रोताहरुलाई धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment