Comments Add Comment

गोरिल्लाको भाइरल सेल्फी !

एकजना वनरक्षकले दुईजना गोरिल्लासँग लिएको सेल्फी अहिले सोसल मिडियामा खुबै भाइरल बनिरहेको छ ।

फोटोमा सेल्फीका लागि गोरिल्लाले निकै गज्जबको पोज दिएको देखिन्छ ।

रेन्जर अधिकारीहरुले ती गोरिल्लाहरु बच्चा छँदाको अवस्थामा उद्धार गरी बँचाएका थिए । गोरिल्लाका माउहरुलाई सिकारीले मारेपछि असहाय बनेका बच्चालाई उद्धारकर्मीले उद्धार गरेका थिए ।

कंगोको विरुंगा नेशनल पार्कमा खिचिएको हो, त्यो सेल्फी । निकुञ्जका उप–निर्देशकका अनुसार यी गोरिल्ला अहिले यति बाठा भइसकेका छन् कि आफूलाई स्याहार सुसार गर्ने र हेरचाह गर्ने पार्कका कर्मचारीको नक्कल सिकिसकेका छन् ।

वनरक्षक कर्मचारीहरुलाई यी गोरिल्लाले आफ्नै अभिभावकजस्तो ठान्न थालिसकेका छन् ।

उप–निर्देशक इन्नोसेन्ट मब्यूरनम्बेका अनुसार, यी गोरिल्लाका माउको सन् २००७ मा हत्या भएको थियो । त्यस समयमा यी गोरिल्ला केवल २ र ४ महिनाका थिए ।

जंगलमा असहाय बनेका ती गोरिल्लाका बच्चालाई वन रक्षकहरुले उद्धार गरेर ल्याए र संरक्षण केन्द्रमा हुर्काइयो ।

मान्छेसँगै हुर्र्किएका यी गोरिल्लाहरुले मान्छेकै नक्कल गर्नसक्ने भएका छन् । मान्छेले जस्तै दुबै खुट्टाले टेकेर ठाडो उभिने तथा हाउभाउ समेत देखाउने गर्दछन् । यसै क्रममा हालै एकजना रेन्जरसँग गोरिल्लाले लिएको विल्फी निकै भाइरल बनिरहेको हो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment