Comments Add Comment

अर्काकी पत्नी चोरेर बिहे गर्ने अनौठो चलन

दुनियाँमा विवाहसम्बन्धी अनेक खालका प्रचलन तथा मान्यताहरु अस्तित्वमा छन् । पश्चिमी अफ्रिकामा रहेको एक आदिवासी समुदायमा रहेको बिहे संस्कार सुन्दैमा आश्चर्य लाग्ने तथा हाम्रोमा अपराध ठानिने जस्तो छ ।

उक्त देशमा बिहे गर्नका लागि पुरुषहरुले अर्काकी पत्नी चोर्ने गर्दछन् । एक–अर्काको पत्नी चोरेर बिहे गर्ने परम्परा नै छ त्यहाँ ।

पश्चिमी अफ्रिकाको बोदाब्बे आदिवासीका पुरुषहरु एक अर्काका श्रीमती चोरेर बिहे गर्दछन् । यो समुदायमा मानिसहरुको पहिलो विवाह घर परिवारको सहमतिमा हुने गर्दछ । तर दोश्रो विवाहको प्रचलन भने निकै अनौठो छ । त्यहाँ दोश्रो बिहेका लागि अरु कसैको पत्नी भगाउनु पर्दछ । अर्काकी पत्नी पट्याएर भगाउन नसक्नेले दोश्रो विवाह गर्न पाउँदैन ।

यो आदिवासी समुदायले हरेक वर्ष गेरेवोल पर्व मनाउँदछन् । उक्त पर्वका अवसरमा पुरुषहरुले आफ्नो अनुहारमा अनेक खालका रंग दलेर श्रृंगार गर्दछन् अनि अनेक खालका गतिविधि गरेर अर्काकी पत्नीलाई फकाउने प्रयास गर्दछन् ।

तर यसरी अर्काकी पत्नी फकाइरहँदा उसको पतिले थाहा पाउनु हुँदैन । यदि कुनै पुरुषले अर्काकी पत्नी फकाउन सक्यो र दुवैैजना भाग्नका लागि राजी भएर भागे भने पछि त्यसरी भागेका जोडीलाई खोजेर उनीहरुका परिवारले नै दोश्रो विवाह गराइदिन्छन् ।

त्यस्तो दोश्रो बिहेलाई प्रेम विवाहको रुपमा स्वीकार गरिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment