Comments Add Comment

सिके राउतका कार्यकर्ताको मुद्दा चाँडै फिर्ता लिने गृहमन्त्रालयको आश्वासन

राउतको पार्टीले गृहमन्त्रालयलाई मुद्दाको सूची बुझायो

११ वैशाख, काठमाडौं । राज्यविप्लव लगायतका विभिन्न मुद्दाहरु खेपिरहेका सिके राउतका कार्यकर्तामाथि लागेका सबैखाले मुद्दा यथाशिघ्र फिर्ता लिइने गृहान्त्रालयले जनाएको छ ।

मुद्दा खेपिरहेका कार्यकर्ताको सूची बुझाउन बुधबार गृहमन्त्रालय पुगेका सिके राउत नेतृत्वको जनमत पार्टीका नेता चन्दन सिंहलाई गृहसचिव प्रेम राईले चाँडोभन्दा चाँडो मुद्दा फिर्ता लिइने आश्वासन दिएका हुन् ।

गृहसचिव राईलाई कार्यकर्ताहरुको सूची बुझाइसकेपछि सो पार्टीका नेता सिंहले अनलाइनखबरसँग भने, ‘गृहसचिवज्यूले चाँडै मुद्दा फिर्ताको प्रक्रिया अघि बढ्ने आश्वासन दिनुभएको छ ।’

गत फागुन २४ गते सरकार र सिके राउतवीच भएको सहमतिमा राउतका नेता कार्यकर्तामाथि लागेका सबैखाले मुद्दा फिर्ता लिन सरकार सहमत भएको उल्लेख थियो । सोही सहमतिअनुसार बुधबार राउतको पार्टीले गृहसचिवलाई भेटेर मुद्दा खेपिरहेका नेता–कार्यकर्ताको सूची बुझाएको हो । यो सूचीमा सिके राउतको समेत नाम छ ।

राउतको पार्टीमा मुद्दा फिर्ता समितिका संयोजकसमेत रहेका सिंहले दिएको जानकारी अनुसार सिके राउत र उनका कार्यकर्ताहरुमाथि राज्यद्रोह, राज्य विप्लव, निर्वाचनसम्बन्धी कसुर, बालबालिका विरुद्धको अपराध र सार्वजनिक अपराध लगायतका मुद्दाहरु विभिन्न अदालत र जिल्ला प्रशासनमा छन् ।

हिंसाको समर्थनमा सिके राउत

यसैवीच, आफूलाई गान्धीवादी बताउने सिके राउतले जनकपुर बम काण्डमा मुछिएर जेल परेका सञ्जय शाहको पक्षमा वकालत गरेका छन् । मधेसी पार्टीले आफ्नै सांसद सञ्जय साहलाई जेलमा राखेको भन्दै राउतले साहप्रति सहानुभूति जनाएका हुन् ।

त्यसैगरी डा. राउतले कैलाली घटनामा जेल परेका रेशम चौधरीलाई आफ्नो पार्टीले जेलमुक्त गर्ने दाबी गरेका छन् । तर, यसका लागि आफूलाई थारुहरुले समर्थन गर्नुपर्ने राउतको शर्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment