Comments Add Comment

आर्मीले जित्यो पुरुष फुटबलको उपाधि

११ वैशाख, बाँके । विभागीय टिम नेपाल आर्मीले आठौं राष्ट्रिय अन्तर्गत पुरुष फुटबलको उपाधि उचालेको छ ।

नेपालगञ्ज रंगशालामा बुधबार भएको फाइनल खेलमा अर्का विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले स्तब्ध बनाउँदै आर्मीले स्वर्ण पदक जितेको हो । आर्मीको जितमा विकास तामाङले गोल गरे ।

विकासले ४५औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । कप्तान भरत खवासको कर्नरमा विकासले हेडर गोल गरेका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्न सफल भयो । खेलको ५४औं मिनेटमा आर्मीले दोब्बर अग्रता बनाउने मौका गुमायो । सन्तोस तामाङको कर्नरमा विकासले गरेको हड पोष्टभन्दा केही माथिबाट बाहिरिएको थियो ।

तुलनात्मक रुपमा पुलिसले दोस्रो हाफमा राम्रो खेलेको थियो । एकपछि अर्को आक्रमक खेल खेलेपनि गोल गर्न नसक्दा पुलिस आर्मीसँग १–० गोलअन्तरले पराजित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment