Comments Add Comment

भिडियो रिभ्यू पोर्टल नेपालमा सार्वजनिक

११ बैशाख, काठमाडाैं । भिडियो रिभ्यू पोर्टल नेपालमा सार्वजनिक भएको छ । यो विश्वको पहिलो भिडियो रिभ्यु पोर्टल भएको कम्पनीले दाबी गरेको छ ।

भारतको डिजिक्लीप टिच सोलुसन नामक कम्पनीले नेपालमा यो सेवा सुरु गरेको हो । भिडियो पोर्टल सार्वजनिक समारोहमा भारतीय दूतावासका कार्यकारी प्रमुख डा। अजयकुमार र नेपाल चेम्बर्स अफ कमर्सका राजेन्द्र मल्ल लगायतको उपस्थितिमा थियो ।

रिभ्यू क्लिप भिडियो हेर्न सकिने र स्टोर गर्न सकिने एप र पोर्टल हो । यस एपमा सजिलैसँग भिडियो राख्न र हेर्न सकिने सुविधा रहेको छ ।

रिभ्यू क्लिप पहिलोपटक कतारमा शुरु भएको थियो भने अहिले भारत, कतार, केन्या, बंगलादेश, सिंगापुर र मलेसियामा सुरु भइसकेको डीजी क्लिपका प्रमुख कार्यकारी निर्देशक कोनान शंकरनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment