Comments Add Comment

सुशासन कायम गर्न सरकार असफल : मोहनबिक्रम सिंह

१२ वैशाख, बुटवल । नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनबिक्रम सिंहले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा बारम्बार असफल भएको आरोप लगाएका छन् ।

निर्मला हत्याकाण्ड लगायतका घटनामा संलग्नलाई पक्राउ गर्न नसक्नु, यातायात सिण्डिकेट खारेजको घोषणा गर्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने समयमा काम नगर्ने ठेकेदारलाई कारबाही नगर्ने लगायतका कारणले सरकार सुशासन कायम गराउन असफल भएको पुष्टि हुने उनले बताए ।

रिपोर्टर्स क्लब प्रदेश ५ ले बिहीबार गरेको साक्षातकारमा महामन्त्री सिंहले राष्ट्रियताप्रतिको अडानका कारण अहिलेको नेतृत्व सरकारमा पुगेको बताउँदै अहिले राष्ट्रियता कहाँ हरायो भनी प्रश्न गरे ।

उनले भने—‘राष्ट्रियताको विषयमा सरकारले ढुलमुलको नीति अवलम्वन गरेको छ ,नागरिकता विधेयक र गृह मन्त्रालयको सर्कुलरले राष्ट्रियताको धज्जी उडाएको छ ।’

सरकार परिवर्तनको विपक्षमा

यद्यपी महामन्त्री सिंहले आफ्नो पार्टी सरकार परिवर्तन गर्ने पक्षमा भने नभएको बताए । सरकार कमजोर बन्दा गणतन्त्र बिरोधी शक्तिले चलखेल गरेको भन्दै उनले संघीयतासंगै प्रदेश सरकार खारेज गरी स्थानीय तहलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

सरकारले भुमाफियालाई कारबाही गर्न नसके समृद्धि प्राप्त हुन नसक्ने बताउदै सरकारी जग्गा हडप्नेलाई तत्काल कानुनी कारबाही गर्न महामन्त्री सिहंले आग्रह गरे ।
महामन्त्री सिंहले मसालले १ बर्षभित्रै महाधिवेशन गर्ने र फरक ढंगले पार्टी अगाडि बढाउने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment