Comments Add Comment

‘वीर विक्रम २’को ट्रेलर सार्वजनिक

चलचित्र ‘वीर विक्रम २’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा प्रेम, मित्रता, एक्सन र दुश्मनीले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो । मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्रमा नायकद्धय पल शाह, नाजिर हुसेन, नायिका बर्षा सिवाकोटी, कलाकार बुद्दि तामाङ मुख्य भूमिकामा छन् ।

चलचित्रको कार्यकारी निर्माता अर्पण सापकोटा हुन् भने रन्जिता सिवाकोटी यसकी सह–निर्मात्री हुन् । चलचित्रलाई प्रदिप भारद्धाजले लेखेका हुन् । चलचित्रमा बनिष शाहको सम्पादन, सुदिप बरालको छायांकन, हिमाल केसीको एक्सन छ ।
चलचित्रको ट्रेलरमा नाजिर र पललाई केन्द्रमा राखिएको छ ।

साथमा, नायिका बर्षा सिवाकोटीका लागि हुने प्रेमयुद्ध, बुद्दि तामाङको प्रवेश आदीलाई देखाइएको छ । यो चलचित्र जेठको ३ गतेबाट रिलिज हुँदैछ । चलचित्रको ट्रेलरलाई व्यवसायिक केन्द्रविन्दुमा राखेर तयार पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment