Comments Add Comment

केपीएलमा कर्णाली ११ को विजयी सुरुआत

Photo Credit : प्लेर अफ द म्याच घोषित किशोर महतो / केपीएल

१२ वैशाख, काठमाडौं । कर्णाली प्रिमियर लिग (केपीएल) को दोस्रो संस्करणमा कर्णाली ११ ले विजयी सुरुआत गरेको छ । आज (बिहीबार) सुर्खेत वीरेन्द्रनगरको कालुङचोक मैदानमा भएको उद्घाटन खेलमा कर्णाली ११ ले झापाको लालिगुराँस क्रिकेटलाई एकेडेमीलाई ८ विकेटले हराएको हो ।

१०२ रनको लक्ष्य पाएको कर्णालीले कप्तान रवीन्द्रजंग शाहीको अविजित ४५ रनको पारीसँगै १४.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो ।

टस जितेर ब्याटिङ गरेको लालिगुराँसले निर्धारित २० ओभर खेल्दै सबै विकेट गुमाएर १०१ रन बनाएको थियो ।

लालिगुँरासका लागि रोनक दाक्षिनीले २१ र अजय यादवले २० रन बनाएका थिए । पाहुना टोलीलाई सस्तैमा समेट्ने क्रममा कर्णालीका किशोर महतोले ४ ओभरमा १४ रन मात्र दिएर ३ विकेट लिए । यस्तै दिवान पुनले पनि ३ र जितेन्द्र  सिंह ठकुरीले २ विकेट हात पारे ।

पहिलो खेलमा कर्णालीका ११ का किशोर महतो प्लेर अफ द म्याच घोषित भए ।

शुक्रबार बिहान ८ बजे न्यु होराईजन बुटवल र महेन्द्रनगर किक्रेट एकेडेमीबी खेल हुने छ । शुक्रबार दिउँसो विभागीय टोली आर्मी र लालिगुराँस क्रिकेट एकेडमी भिड्ने छन् ।

२१ गतेसम्म चल्ने प्रतियोगितामा दुई विभागसहित ८ टोलीले सहभागी छन् । प्रतियोगितामा २ समूहबाट उत्कृष्ट २/२ टिम सेमिफाइनल पुग्ने छन् ।

लिगको विजेताले ५ लाख र उपविजेताले २ लाख पाउनेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले समान २०/२० हजार पाउने आयोजक कर्णाली क्रिकेट एकेडेमीले जानकारी दिएको छ ।

साथै फाइनल खेलमा एकजना दर्शकलाई गोला प्रथाबाट रनर कम्पनीको एउटा मोटरसाइकल प्रदान गरिने छ भने छक्का समात्ने दर्शकलाई एक हजारको पुरस्कारको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment