Comments Add Comment

विश्वकै खतरनाक चरा, पञ्जाले हानेर मार्यो आफ्नै मालिकलाई

काठमाडौं । आफैले पालेको एउटा खतरनाक चराको आक्रमणबाट अमेरिकामा एकजना वृद्धको ज्यान गएको छ ।

७५ वर्षका ती वृद्ध चराको आक्रमणबाट गम्भीर घाइते बनेको अवस्थामा उद्धारकर्मीहरुले उद्धार गरी अस्पताल पुर्‍याएका थिए । जहाँ उपचारकै क्रममा उनको मृत्यु भयो ।

ती व्यक्तिको नाम मार्भिन हाजोस हो । उनको फार्म हाउसबाट आकस्मिक रुपमा फोन आएपछि प्रहरी उद्धारका लागि पुगेको थियो । पुलिस त्यहाँ पुग्दा उनको रगताम्य शरीर सँगै क्यासोवरी नामको ठूलो चरा पनि देखियो ।

यो चरा विश्वको ठूलोमध्येको एउटा चरा हो । अस्ट्रिचजस्तै यो पनि उड्न नसक्ने चरा हो । यो वजन ६० किलो र उचाई ६ फिट सम्म हुन्छ ।

रिपोर्ट अनुसार हमला गर्ने चराको पञ्जामा करीब चार इन्चका खतरनाक नङ्ग्रा हुन्छन् । हाजोस कुनै कारणले आफ्नो घरबाहिर उक्त चराको अगाडि लडेको र लडिसकेपछि चराले आफ्ना पञ्जाले आक्रमण गरी मरणासन्न बनाएको अनुमान पुलिसले गरेको छ । उनले आफ्नो फार्ममा अन्य चरासँग उक्त खतरनाक चरा पनि पालेका थिए ।

पुलिसले यो घटनाको जाँच गरिरहेको छ । विज्ञका अनुसार यो पंक्षीले आफ्नो सिकारमाथि आक्रमण गर्दा आफ्ना छुराजस्ता नङ्ग्राले आक्रमण गर्दछ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment