Comments Add Comment

यो हो दुनियाको अनौठो आलु होटेल

काठमाडौं । आलु सर्वसुलभ तथा परिकारका लागि सजिलो चिज । सबैलाई मन पर्छन् आलुका परिकार । त्यसैले यसलाई तरकारीको राजा पनि भनिन्छ ।

यो दुनियामा आलुले बनेको एउटा यस्तो ठाउँ छ, जहाँ जानका लागि मानिसहरु लाखौँ रुपैयाँ खर्च गर्दछन् ।

के तपाईंले कहिल्यै आलुको गेडाभित्र रात बिताउन पाइने लग्जरी होटेलको बारेमा सुन्नुभएको छ ? अमेरिकाको इदाहोमा एउटा यस्तो लग्जरी होटेल छ, जुन आलुको गेडामा बनेको छ ।

उक्त आलुको तौल ६ टन रहेको छ । उक्त आलु होटेल भित्र छिर्दा जो कोही पनि दंग पर्दछ । यो होटेलमा एक रात बस्नका लागि २ सय ४७ डलर तिर्नु पर्दछ ।

यो आलु होटेलमा एक पटकमा दुई जना पाहुना बस्न सक्दछन् । यसको इन्टेरियर डिजाइन निकै सुन्दर छ । मानिसहरुलाई खाने र बस्ने यहाँ गज्जबको सुविधा छ ।

साथै यसभित्र सानो बाथरुम र भान्सा पनि छ भने एयर कन्डिसनर पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment