Comments Add Comment

गोरखा दरबार अवलोकनपछि सभामुखले भने- पर्यटकीय गन्तव्यको रुपमा विकास गरौं

Photo Credit : राजेन्द्र न्यौपाने

१३ वैशाख, गोरखा । सभामुख कृष्णबहादुर महराले गोरखा दरबार अवलोकन गरेका छन् । शुक्रबार बिहान गोरखा दरबार निरीक्षण गर्दै उनले पुनर्निर्माणको काममा ढिलासुस्ती गर्न नहुने बताए ।

२०७२ साल वैशाख १२ गते गएको भूकम्पमा ज्यान गुमाएकाहरुको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन बारपाक आएका बेला महराले शुक्रबार बिहान गोरखा दरबार पनि अवलोकन गरेका हुन् ।

ऐतिहासिक महत्वको गोरखा दरबारको मौलिक संरचना नविग्रने गरी पुनर्निर्माण गर्नुपर्ने र यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment